लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
barnanmedia.com · Tue Jul 07 14:32:32 GMT 2026

काठमाडौँ, २३ असार : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको आजको बैठकले परिमार्जनसहित उक्त कार्यविधि पारित गरेको सचिव एकराम गिरीले जानकारी दिनुभयो ।
बैठकमा समितिअन्तर्गत विभिन्न उपसमिति गठनसम्बन्धमा पनि छलफल भएको थियो । समितिको कामकारबाहीमा सहजीकरणका लागि पाँच उपसमिति गठनको प्रस्ताव गरिएको छ । प्रस्तावित उपसमितिका सम्बन्धमा सबै दलको प्रतिनिधित्व रहेको कार्य परामर्श उपसमितिमा थप छलफल गरी टुङ्गोमा पुग्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)