शुक्रबारदेखि तिब्बती नाका रुइला र ङुइला खुल्ने
annapurnapost.com · Tue Jul 07 14:36:15 GMT 2026

गोरखा : सधैं बन्द रहने उत्तरी गोरखा र तिब्बत बीचको नाका आउँदो शुक्रबारदेखि खुल्ने भएको छ। चुमनुब्री गाउँपालिका वडा नं. १ मा रहेको रुइला नाका र वडा नं. ७ मा रहेको ङुइला नाका आउँदो शुक्रबारदेखि खुल्ने त्यहाँका जनप्रतिनिधिहरूले जानकारी दिएका छन्।
ती नाकाहरू चिनियाँ सरकारले बर्षमा एकफेर एकतर्फी रूपमा खुलाउँछन्। एक महिनादेखि तीन महिनासम्म सीमित समयका खोलेर एकतर्फी रूपमै बन्द गर्ने वडाध्यक्षहरूको भनाइ छ। ‘उनीहरूले सूचना गरेर खुलाउँछन्, उनीहरूले नै बन्द गर्छन्’, वडा नं. १ का अध्यक्ष कर्मा छेवाङ लामाले भने, ‘यो सिजनका लागि आउँदो शुक्रबारदेखि खुलाउने भनेर खबर पठाएका छन्।’ सीमा खुलेपछि तिब्बती बजार जान गाउँलेहरूले बोर्डर पास नवीकरण गरेर बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)