मोरङ र झापाका पाँच पालिकामा आज सार्वजनिक बिदा
gorkhapatraonline.com · Tue Jun 16 04:56:32 GMT 2026

कोशी प्रदेशको झापा,मोरङ र सुनसरीमा सघन रुपमा बसोबास गर्दै आएका आदिवासी धिमाल समुदायको सबैभन्दा ठूलो पर्व जात्रि(सिरिजात) को अवसरमा मोरङ र झापाका पाँच पालिकाले सार्वजनिक बिदा दिएका छन् ।
झापाको दमक ,मोरङका उर्लाबारी ,पथरीशनिश्चरे,बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले असार २ गते सार्वजनिक बिदा दिएका हुन् । धिमाल समुदायले सबैभन्दा ठूलो पर्व जात्रि(सिरिजात) वैशाख २ गते लेटाङ १ राजारानीमा रहेको धिमालडाँडा ग्रामथानमा पुजाआजा गरी सुरु गरेर असार २ गते समापन हुँदै आएको छ। झापा,मोरङ र सुनसरीका १०४ वटा ग्रामथानमा धिमालहरूले सामुहिक रुपमा दुई महिनासम्म पुजाआजा गर्ने गर्छन् । असार २ गते धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिले मोरङको उर्लाबारी ३ स्थित दशबिघेमा हरेक वर्ष जात्रि समापन कार्यक्रम आयोजना गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)