जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तीव्र
gorkhapatraonline.com · Tue Sep 08 04:12:50 GMT 2026

कर्णाली प्रदेश सरकारले २०८० कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थाका संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिएको छ । कर्णाली प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास कार्यालय र भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ती संरचनाको पुनर्निर्माण भइरहेको छ ।
भूकम्पका कारण जाजरकोटमा विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक संरचनामा ठुलो क्षति पुगेपछि प्रदेश सरकारले प्राथमिकताका आधारमा पुनर्निर्माण अघि बढाएको थियो । भौतिक पूर्वाधार विकास कार्यालयका अनुसार कतिपय संरचना निर्माण सम्पन्न भएका छन् भने केही संरचना निर्माणाधीन अवस्थामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)