प्रतिक्रियावादी शक्तिले बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन् : प्रचण्ड
annapurnapost.com · Tue Sep 08 04:05:50 GMT 2026

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदको बलिदानबाट प्राप्त गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको बताएका छन्। काठमाडौंमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी चलखेलका विरुद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताएका हुन्।
प्रचण्डले भने,‘प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)