सिरहामा १५ लाख ५६ हजारको अवैध सामान बरामद
barnanmedia.com · Tue Sep 08 04:04:35 GMT 2026

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
भदौ २२ गते जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्ती, बीउबिजन, कस्मेटिक सामग्री, पेय पदार्थ, मदिरा तथा इन्धन बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)