ट्रम्पको धम्कीकाबिच ईयूले ग्रिनल्यान्डलाई दियो २० करोड यूरो सहयोग
ratopati.com · Tue Sep 08 04:16:20 GMT 2026

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने धम्की दिइरहेका बेला युरोपेली संघ ईयूले ग्रिनल्यान्डसँगको सम्बन्ध थप बलियो बनाउने घोषणा गरेको छ ।
ईयूले ग्रिनल्यान्डका लागि २० करोड युरो (२३ करोड २० लाख डलर) बराबरको लगानी प्याकेज घोषणा गरेको हो । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सोमबार ग्रिनल्यान्डको राजधानी नूकमा आयोजित कार्यक्रममा आगामी दुई वर्षमा स्थानीय जनताको जीवनस्तर सुधार गर्ने उद्देश्यले यो प्याकेज घोषणा गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)