शासक बदलिए, बदलिएन शासनशैली
nepalnews.com · Tue Sep 08 04:15:39 GMT 2026

भोटेकोशी बाढीले देश शोकमा नडुबेको भए आज २३ भदौको दिन अधिकारकर्मी तथा जेन–जी अभियन्ता पेमा वाङ्गमो लामा सडकमा आन्दोलन गरिरहेकी हुने थिइन्। अघिल्लो वर्ष आजकै दिन ज्यान गुमाएका र घाइते भएका आफ्ना जेन–जी साथीहरुले उठाएका माग जेन-जी आन्दोलनकै जगमा बनेको सरकारलाई सम्झाउनु थियो उनलाई।
२३ र २४ भदौमा नयाँ बानेश्वरस्थित पुरानो संसद भवन अगाडि जेन–जी सांसदहरुलाई बोलाएर एक वर्षअघिका मागहरुको समिक्षा गर्ने, सरकारलाई सचेत गराउने र आन्दोलनकै रुपमा अघि बढाउने योजना थियो पेमा र उनका साथीहरुको। उनी भन्छिन्, “देशको अवस्थाका कारण सोचे जस्तो ठूलो गर्न नसकिएला तर सानै स्केलमा भएपनि आन्दोलनको सम्झना गर्नेछौँ। पहिलेका मागहरु उठाउने छौं।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सुधन गुरुङ
काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
सुशीला कार्की
बंगलादेश
राष्ट्रिय मानव अधिकार आयोग