विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती
kendrabindu.com · Sat May 23 09:47:58 GMT 2026

बेलबारी (मोरङ) । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ ।
विटुमिन अभाव साथै गुणस्तरिय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार दुई महिना अघिसम्म प्रतिलिटर रु १०० देखि रु ११० सम्ममा पाइरहेको भारतीय विटुमिन अहिले रु १५० भन्दा बढी पर्न थालेको छ । नेपाल विटुमिन तथा ब्यारल उद्योगले भने विटुमिनको अभाव नभई मूल्य भने अप्रत्यासित रूपमा बढेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)