संविधान संशोधन बहसपत्र अन्तिम चरणमा, विपक्षी दल कार्यदलबाट बाहिरिए
barnanmedia.com · Tue Jul 07 14:47:20 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको संविधान संशोधन बहसपत्र तयारी कार्यदलले प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुर्याएको छ । सरकारले दोस्रो पटक थपेको म्यादभित्रै प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाउने तयारी भइरहेको कार्यदलले जनाएको छ ।
कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने क्रममा विभिन्न राजनीतिक दल, संविधानविद्, कानुनविद्, नागरिक समाज, विज्ञ तथा सरोकारवालासँग व्यापक छलफल गरी सुझाव संकलन गरेको जनाएको छ । तर प्रतिवेदन अन्तिम चरणमा पुगेका बेला विपक्षी तीन दलका प्रतिनिधि कार्यदलबाट बाहिरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)