सरकारी बिदामा वीर अस्पताल खुला, तर सूचना ढिला हुँदा अस्पताल खाली
swasthyakhabar.com · Tue Sep 08 04:29:36 GMT 2026

काठमाडौं - नेपाल सरकारले भदौ २३ गते मंगलबार सार्वजनिक बिदा घोषणा गरे पनि वीर अस्पतालले उक्त दिन अस्पतालका सबै सेवा नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। तर, अस्पताल प्रशासनले समयमै निर्णय लिएर सेवाग्राहीसम्म सूचना पुर्याउन नसक्दा अस्पतालमा भने सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ।
वीर अस्पताल प्रशासनले भदौ २२ गते जारी गरेको सूचनामा यसअघि लगातार तीन दिन बिदा हुँदा अस्पतालमा बिरामीको अत्यधिक चाप बढेको, उपचार सेवा प्रभावित भएको तथा सेवाग्राहीले असुविधा व्यहोर्नुपरेको भन्दै भदौ २३ गते पनि सबै सेवा यथावत् सञ्चालन गर्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)