भोटेकोशी बाढीपछि केरुङमा ८० कन्टेनर चालक तीन दिनदेखि अलपत्र, फर्किने व्यवस्था मिलाइदिन अनुरोध
nepallive.com · Fri Aug 28 10:04:59 GMT 2026

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि चीनको केरुङ बजारमा करिब ८० जना नेपाली कन्टेनर चालक तीन दिनदेखि अलपत्र परेका छन्। सामान लिन केरुङ पुगेका उनीहरू बाढीका कारण नेपाल फर्कन नसकेका हुन्।
केरुङमा रहेका चालक कृष्णबहादुर लामिछानेका अनुसार चिनियाँ प्रशासनले अलपत्र नेपाली चालकको विवरण संकलन गर्दा ८० जनाले नाम टिपाएका छन्। उनीहरू आफ्नै खर्चमा होटलमा बसिरहेका छन् भने कतिपयको परिवारसँग समेत सम्पर्क हुन सकेको छैन। खर्च सकिन लागेकाले नेपाल फर्कने व्यवस्था मिलाइदिन उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)