कसरी संझने जेनजि आन्दोलनलाई ?
ajakoartha.com · Tue Sep 08 04:30:00 GMT 2026

काठमाडौं -
जेनजि आन्दोलनको आज एक वर्ष पुरा भएको छ । यो बीचमा मुलुकले ठूला ठूला परिवर्तनहरु देखेको छ । तर ती परिवर्तनहरु जनताको जीवनस्तरमा सुधार ल्याउन भने सार्थक भएका छैनन् । आन्दोलनका नाममा भएको त्यत्रो बलिदानीको उपलब्धी उत्साहजनक भएको छैन । यद्यपी आन्दोलनकै बलमा नयाँ दलहरु जन्मेका छन् । २०८४ मा हुने निर्वाचन ०८२ मै भएको छ । यसैलाई उपलब्धी ठान्ने हो भने मात्र सन्तोष गर्ने ठाउँ रहला । अन्यथा निराशा र असन्तुष्टि नै सबैतिर छाएको देखिन्छ । भदौ २३ गते सार्वजनिक बिदा दिएर सरकारले औपचारिकता मात्र पूरा गरेको छ । आन्दोलन दमनमा उत्रिएको तत्कालीन सरकारमाथि कुनै पनि कारबाही हुनसकेको छैन । जेनजी विद्रोहको छानबिन र कारबाही गर्नका लागि तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले बद्रीबहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)