स्वास्थ्य बिमा सेवा लिने भेरी अस्पतालका बिरामी बढ्दै
gorkhapatraonline.com · Tue Sep 08 04:40:37 GMT 2026

पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य बिमामा आबद्ध सेवाग्राहीले उपचार सेवा लिने क्रम बढ्दै गएको छ । अस्पताल प्रशासनका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ८५ हजार ६८ जना बिरामीले अस्पतालबाट सेवा लिएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले पछिल्ला वर्षमा अस्पतालबाट स्वास्थ्य बिमा सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा भेरी अस्पतालबाट ६० हजार ७४५ जना स्वास्थ्य बिमामा आबद्ध सेवाग्राहीले सेवा लिएका थिए । आर्थिक वर्ष २०८१/०८२ मा यो सङ्ख्या बढेर ६७ हजार ५०८ पुगेको थियो भने २०८२/०८३ मा उल्लेख्य वृद्धि भई ८५ हजार ६८ जना पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)