कांग्रेसको माग– आयोगको सिफारिस कार्यान्वयन र दोषीमाथि कारबाही
baahrakhari.com · Tue Sep 08 04:42:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा सोमबार (भदौ २३) विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आन्दोलनमा गरिएको अत्यधिक बल प्रयोग, घुसपैठ र त्यसपछिका तोडफोडमा दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति विज्ञप्तिमार्फत सम्मान व्यक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)