ब्रिक्स सम्मेलनमा बंगलादेशी प्रधानमन्त्रीको दिल्ली भ्रमण अन्योलमा
kendrabindu.com · Tue Sep 08 04:54:41 GMT 2026

काठमाडौं । शेख हसिनाको सुपुर्दगी सर्तले ब्रिक्स शिखर सम्मेलनमा बंगलादेशी प्रधानमन्त्री तारिक रहमानको दिल्ली भ्रमण अन्योलमा परेको छ । भारतले सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा आयोजना गर्न लागेको १८औँ ब्रिक्स शिखर सम्मेलनको ‘आउटरीच सेसन’मा विशेष अतिथिका रूपमा सहभागी हुन बंगलादेशका प्रधानमन्त्री रहमानलाई निमन्त्रणा पठाए पनि उनको भारत भ्रमणलाई लिएर अन्योल कायमै छ ।
भारतले तारिक रहमानलाई द्विपक्षीय भ्रमणका लागि समेत आग्रह गरेको छ । तर, बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाका फिर्ता पठाउनुपर्ने माग राख्दै आएको छ । यही विषय दुई देशबीचको सम्बन्धमा प्रमुख असमझदारीका रूपमा देखिएपछि प्रधानमन्त्री रहमानको दिल्ली भ्रमण अनिश्चित बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)