बादलका छोरा प्रतीकले पाए सफाइ, तत्कालीन सल्लाहकार राई दोषी ठहर
onlinekhabar.com · Tue Jul 07 15:29:29 GMT 2026

२३ असार, काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार ईन्द्रजीत राई दोषी ठहर हुँदा उनका छोरा प्रतीक थापाले भने सफाइ पाएका छन् ।
जिल्ला अदालत काठमाडौंले मंगलबार गरेको फैसलामा प्रतीक थापालाई सफाइ दिएको हो । प्रतीक थापा आरोपित कसुरमा संलग्न रहेको भनी प्रेमराज पन्थीले जाहेरीमा उल्लेख गरेका थिए । तर पन्थीले प्रतीक थापा उपरको जाहेरी पूर्ण रुपमा खण्डीत हुने गरी बकपत्र गरेका थिए । त्यो समेतको आधारमा थापाले ठगीबाट प्राप्त कुनै पनि रकम लिए खाएको वस्तुनिष्ठ प्रमाण पेश हुन नआएको भन्दै अदालतले थापालाई सफाइ दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)