वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं
barnanmedia.com · Tue Jun 16 05:47:05 GMT 2026

विराटनगर। मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि जीर्ण र हिलाम्मे बनेको सडकप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन मंगलबार सडकमै धान रोपेर विरोध जनाएका छन् ।
वर्षाको समयमा सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयले पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सांकेतिक विरोधस्वरूप सडकलाई नै खेत बनाएर रोपाइँ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)