दरबारमार्गमा १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल (तस्बिरहरु)
ratopati.com · Sat May 23 10:28:39 GMT 2026

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा आज १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना गरिएको छ । ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा आयोजित कार्यक्रमलाई ‘एक्सट्रिम स्याटर्डे’ नाम दिइएको छ ।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित महोत्सवमा सबै उमेर समूहका दर्शकका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)