प्रचण्ड भन्छन्-‘शहीद ‘वासु’ र ‘बैरागी’ को बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको हो’
kalakarmi.com · Tue Sep 08 05:13:51 GMT 2026

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
काठमाडौंमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्वपूर्ण दिन भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)