कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौं यात्रा १३ घण्टासम्म
bishowkhabar.com · Tue Sep 08 05:11:16 GMT 2026

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौं यात्रा प्रभावित भएको छ । नियमित मार्ग अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौं जाने सवारीसाधन चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन् ।
सडक अवरुद्ध हुनुअघि करिब पाँच देखि छ घण्टासम्म पुरा हुने बेंसिसहर–काठमाडौं यात्रा अहिले १२ देखि १३ घण्टासम्म लाग्ने गरेको छ । लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्दा यात्रुको समय र खर्च दुवै बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)