भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य
khabarhub.com · Tue Sep 08 05:19:08 GMT 2026

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक जेन–जी पुस्ताको आक्रोशले तातेका थिए। सरकारले यसै दिनलाई “जेनजी शहीद दिवस” घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ। तर यसपटकको सम्झना विगतभन्दा फरक र भारी छ। हिजो (भदौ २२) रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा देशले राष्ट्रिय शोक मनायो। एक वर्षअघि राज्यको गोलीले ज्यान लिएको दिन र आज प्रकृतिको प्रकोपले हजारौँको ज्यान लगेको समय- दुवै “राज्य कति तयार थियो र कति जवाफदेही देखियो” भन्ने एउटै प्रश्नमा गएर जोडिन्छन्।
एक वर्षअघि जेन–जी आन्दोलनले एउटा सरकार ढाल्यो, संसद् विघटन गरायो, अन्तरिम सरकार ल्यायो र अन्ततः मतपेटिकाबाटै नयाँ राजनीतिक शक्तिलाई सत्तामा पुर्यायो। यो आफैँमा नेपालको राजनीतिक इतिहासमा असाधारण र उल्लेखनीय घटनाक्रम हो। तर आन्दोलनको मूल जरो चुनावी हार–जित थिएन; भ्रष्टाचार, राजनीतिक संरक्षण, अवसरको अभाव र भविष्यप्रतिको निराशा थियो। त्यसैले एक वर्षपछिको वास्तविक प्रश्न पात्र बदलिए कि बदलिएनन् भन्ने होइन, जेन–जीले जुन खालको राज्य र शासन खोजेको थियो, अहिलेको राज्य त्यतैतिर गइरहेको छ कि छैन भन्ने हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)