‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल, के–के भयाे कुराकानी ?
shilapatra.com · Sat May 23 10:31:00 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरिय टोलीसँग छलफल गरेकी छन् । स्विट्जरल्यान्डकाे जेनेभामा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ७९औँ विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाभीका उच्चस्तरीय टोलीसँगको छलफलमा उनले संक्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताइन् ।
उनले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गार्हस्थ्य उत्पादनको करिब पाँच प्रतिशतको हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाभीसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताएकाे मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)