जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : नेसपा (नयाँ शक्ति)
ratopati.com · Tue Sep 08 05:22:03 GMT 2026

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा बनेको गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
भदौ २३ गते ‘जेनजी शहीद दिवस’ को अवसरमा पार्टीका संयोजक दुर्गा सोबद्वारा जारी प्रेस वक्तव्यमा आयोगले सरकारसमक्ष प्रतिवेदन पेस गरिसकेको अवस्थामा पनि औपचारिक रूपमा सार्वजनिक नगरिनु गम्भीर विषय भएको उल्लेख छ। जनतालाई सत्य-तथ्य जान्ने अधिकार सुनिश्चित गर्न उक्त प्रतिवेदन शीघ्र सार्वजनिक हुनुपर्ने माग पार्टीले राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)