सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
rajdhanidaily.com · Tue Sep 08 05:22:47 GMT 2026

काठमाडौं । यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका-२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ ।
नेपाल रेडक्रसले हेलिकप्टर मार्फत ती अत्यावश्यक सामग्री पुर्याएर ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो । यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण उत्तरगया-२ हालसम्म पनि सडक सञ्जालबाट विच्छेद छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी) को सहयोगमा ती घरधुरीलाई आवश्यक खाद्य समग्री वितरण गरिएको सोेसाइटीले जनाएको छ । ती सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा। विशालकुमार भण्डारी लगायत स्वयंसेवकले वितरण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)