हङकङले नेपाललाई दियो २६२ रनको बलियो लक्ष्य
annapurnapost.com · Tue Sep 08 05:17:10 GMT 2026
काठमाडौंः एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो।
मलेसियाको लागि बाबर हायतले ११७ रनको अविजित शतकीय पारी खेले। उनले १२६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। आठौँ विकेटका लागि उनले ईशान खानसँग १२८ रनको शतकीय साझेदारी पनि बनाए । इशान खान भने ३५ रनमा अविजित रहे। तेस्रो क्रममा आएका हायतले एकतर्फबाट विकेट गइरहँदा पारी सम्हाल्दै हङकङको इनिङस् उकासे। ओपनरद्वय जिसन अली र अंशुमान रातले क्रमशस् १५ र १३ रन बनाउँदा साहिदवासीले ४५ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)