डब्ल्यूएचओबाट नेपाल सम्मानित
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मानित गरिएको छ।
टिमोर–लेस्टेको दिल्लीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको छ। बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत उक्त उपलब्धि निरन्तर कायम राखेको भन्दै डब्ल्यूएचओले नेपाललाई सम्मान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)