बाबर हायातको सतकमा हङकङद्वारा नेपाललाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य
reportersnepal.com · Tue Sep 08 05:33:14 GMT 2026
काठमाडौं, भदौ २३ । एसीसी प्रिमियर कप अन्तर्गत जारी समूह ‘ए’को अन्तिम खेलमा हङकङ, चीनले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । बायुमास क्रिकेट ओभलमा जारी खेलमा हङकङ, चीनले नेपालले जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको हङकङ, चीनले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६१ रन बनाएको हो । हङकङ, चीनलाई बलियो योगफलमा पुर्याउन हायातले अवजित सतक बनाए । उनले १ सय २६ खेल खेल्दै ७ चौका र ७ छक्काको मद्दतमा १ सय १७ रन बनाएका हुन् । यस्तै शहिद वासिफले ४५, इशान खानले ३५, जेशन अलीले १५ र अन्शुमन रथले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)