'मिसन १६ खर्ब' सफल बनाउन अर्थमन्त्रीको निर्देशन, राजस्व चुहावट रोक्न र कर दायरा विस्तारमा जोड
aarthiknews.com

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नयाँ महानिर्देशकलाई चालु आर्थिक वर्षको करिब १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्न इमानदारीपूर्वक र परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्।
भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई मंगलबार अर्थ मन्त्रालयमा बोलाएर मन्त्री वाग्लेले राजस्व चुहावट नियन्त्रण, स्वैच्छिक कर दाखिला वृद्धि र कर तिर्ने वातावरण सिर्जना गर्न विशेष ध्यान दिन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)