विश्वकप निशुल्क हेर्न पाउनु पर्ने सांसदको माग
kendrabindu.com · Tue Jun 16 06:27:40 GMT 2026

काठमाडौं । नेकपाका सांसद प्रमेश हमालले हाल जारी फिफा विश्वकप-२०२६ निःशुल्क हेर्न पाउनु पर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आफ्ना धारणा राख्दै उनले विश्वकप हेर्न नौसय ९९ रुपैयाँ तिर्नु परिरहेको भन्दै बिरोध गरे।
‘विश्वकप हेर्दा मनपरी रूपमा पैसा असुलिएको छ,’ उनले भने, ‘अब त मनोपोलीले आम्दानी पनि भइसक्यो होला, नेपाल सरकारले आफ्नो टेलिभिजन च्यानलबाट नागरिकले विश्वकप हेर्न पाउने व्यवस्था गरोस्।’ सांसद हमालले गएको जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा बोलेको भनाई रेकर्डबाट हटाउन पनि माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)