बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन -रहबर अन्सारी
kendrabindu.com · Sat May 23 11:02:48 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रहबर अन्सारीले बाराको कलैयामा आयोजित रास्वपाको बैठकमा सामान्य विवाद मात्र भएको तर ‘लखेटिएको’ भन्ने कुरा झुठो भएको बताएका छन् ।
नेता अन्सारीले हिँडिरहेको दृश्यलाई लखेटिएको भनेर केही मिडियाले अतिरञ्जित गरेको बताए । ‘केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्ला अधिवेशनमा सुझाव संकलनका लागि आएका थियौं । कारवाहीमा परेका केही नेताहरुले सामान्य विवाद झिकेका हुन् । अहिले सबै समाधान भइसक्यो । नियोजित रुपमा केही पार्टी निकटका मिडियाहरुले घट्नालाई अतिरञ्जित गर्न खोजे । हिडिरहेको दृश्यलाई कैद गरेर लखेटिएको भनेर मिडियाबाजी मात्र भएको हो,’ उनले भने,‘सबै विवाद समाधान भइसक्यो र कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)