साँगा–धुलिखेल सडकमा कालोपत्र तीव्र, पहिलो चरणमा ७० प्रतिशत काम सम्पन्न
bishowkhabar.com · Tue Sep 08 05:51:22 GMT 2026

काठमाडौं– अरनिको राजमार्गअन्तर्गत विस्तार भइरहेको साँगा–धुलिखेल सडकखण्डको बनेपा बजार क्षेत्रमा कालोपत्र गर्ने काम तीव्र पारिएको छ । सडक विस्तारसँगै मुख्य सडक पक्की बनाउने कामले गति लिएपछि यात्रामा सहजता आउने अपेक्षा गरिएको छ ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाका अनुसार सडकखण्डको पहिलो चरणअन्तर्गत हालसम्म करिब ७० प्रतिशत मुख्य सडक पक्की बनाइसकिएको छ । बाँकी सडकमा पनि कालोपत्र गर्ने कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)