स्काभेटरसहित अवैध उत्खननमा प्रयोग भएका १० टिपर नियन्त्रणमा
nepalnews.com · Tue Jun 16 06:48:53 GMT 2026

गोलबजार। सिरहा जिल्ला प्रहरीले विभिन्न स्थानबाट नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका एउटा स्काभेटरसहित १० वटा टिपर नियन्त्रणमा लिएको छ।
प्रहरीले सिरहा नगरपालिका-१३ गमहरियास्थित कमला नदीबाट एउटा स्काभेटर र टिपर नियन्त्रणमा लिएको छ भने गोलबजार नगरपालिका ३ गागनखोलनबाट आठवटा टिपर नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)