जेनजी आन्दोलनपछि कास्कीका ११२ कैदी अझै फरार
gorkhapatraonline.com · Tue Sep 08 06:03:34 GMT 2026

गत वर्षको जेनजी आन्दोलनका बेला कारागार कार्यालय कास्कीबाट निस्किएका कैदीबन्दीमध्ये अझै ११२ जना फर्किएका छैनन् । २०८२ भदौ २४ गते साँझ कारागारमा रहेका ७७३ जना कैदीबन्दी निस्किएपछि कास्की कारागार खाली भएको थियो ।
आन्दोलनकारीले कारागारको कार्यालय भवन तथा कागजातसमेत जलाएका थिए । त्यस बेला कारागारमा दुई नाबालक र ३५ महिलासहित ७७३ जना कैदीबन्दी रहेका थिए । कास्कीका कारागार प्रशासक सम्राट थापामगरले अझै ठुलो सङ्ख्यामा कैदीबन्दी बाहिरै रहेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)