लागूऔषध विरुद्धको अभियानमा २२ जना पक्राउ
gorkhapatraonline.com · Tue Jun 16 06:51:45 GMT 2026

कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागूऔषध विरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट २२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, ५०२ चक्की प्रतिबन्धित औषधी, एक मोटरसाइकल, एक स्कुटर र एक सिटी सफारी बरामद गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यले प्रदेशभर परिचालित प्रहरी टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)