घर गुमाए, अब अँध्यारोसँग लड्दै उज्यालोको प्रतीक्षामा बाढीपीडित
annapurnapost.com · Tue Sep 08 06:00:55 GMT 2026

धादिङ : भदौ १० गते आएको विनाशकारी बाढीले धादिङका गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकामा ठूलो क्षति पुर्यायो। कसैको घर पुरियो, कसैको खेतबारी बग्यो, त कसैको वर्षौंदेखिको रोजीरोटी नै खोसियो। बाढीले घरबारविहीन बनाएका परिवार अहिले पनि सामान्य जीवनमा फर्किन सकेका छैनन्।
घर फर्किन सक्ने अवस्था नभएपछि गजुरी गाउँपालिका–५ र ६ का २८ घरधुरीका बाढीपीडित अहिले होल्डिङ सेन्टरमा आ श्रय लिएर बसिरहेका छन्। स्थानीय तह तथा विभिन्न सहयोगी संस्थाबाट राहत पाए पनि उनीहरूको भविष्य भने अझै अनिश्चित छ। दिन राहत र सहयोगको भरमा बिते पनि रात परेपछि पीडितको समस्या झन् बढ्छ। होल्डिङ सेन्टरमा नियमित विद्युत् नहुँदा अँध्यारोमै रात बिताउनुपर्ने अवस्था छ। सौर्य बत्तीको व्यवस्था भए पनि त्यसले केही घण्टामात्र काम गर्ने भएकाले रातभर पर्याप्त उज्यालो हुँदैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)