बीपी राजमार्ग : चुनौतीपूर्ण खण्डको नयाँ ट्रयाक १० दिनभित्र सञ्चालनमा आउने
gorkhapatraonline.com · Sat May 23 11:27:54 GMT 2026

बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत अत्यन्तै चुनौतीपूर्ण मानिएको चारसय बेँसी खण्डको नयाँ ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ ।
संघीय संसद्को पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो । हाल उक्त खण्डमा सवारीसाधन तलको वैकल्पिक मार्ग बाट गुडिरहेका छन् । माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)