‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा: नयाँ प्रविधि सिक्ने र करियर सुरू गर्ने सुनौलो अवसर
ictsamachar.com

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ को सम्पूर्ण तयारी पूरा भएकाे छ । वर्डप्रेस काठमाडौंको आयोजनामा गैरीधारास्थित एलिस रिसेप्सन्समा हुने यस दुईदिने सम्मेलनले सहभागीहरूलाई अत्याधुनिक एआई प्रविधिदेखि अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्नेसम्मका विविध आयाम सिक्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ ।
सम्मेलनको पहिलो दिन ‘कन्ट्रीब्युटर डे’मा विशेष वर्डप्रेस ट्रेनिङ रहनेछ, जसले सहभागीहरूलाई वर्डप्रेसको क्षेत्रमा करियर सुरु गर्ने स्पष्ट मार्ग देखाउनेछ । यसका साथै, सहभागीहरूले विश्वभरका ४३ प्रतिशतभन्दा बढी वेबसाइट सञ्चालन गर्ने खुला स्रोत सफ्टवेयर वर्डप्रेसमा प्रत्यक्ष योगदान पुर्याउने अवसर पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)