पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा सौगात थापा निर्वाचित
kalakarmi.com · Tue Sep 08 06:24:57 GMT 2026

काठमाडौं- पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा सौगात थापा निर्वाचित भएका छन् । उनले १ हजार २ सय ७१ मत प्राप्त गरेर उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी ललित बहादुर कुँवरले ९ सय ७३ मत प्राप्त गरेका थिए । निर्वाचित भएपछि थापाले उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित काम गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)