लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध, यात्रुदेखि स्याउ व्यवसायीसम्म प्रभावित
kendrabindu.com · Tue Sep 08 06:39:41 GMT 2026

सुर्खेत । लगातार भइरहेको वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्गका विभिन्न खण्डमा यातायात प्रभावित भएको छ। सुर्खेतको औलिंसेदेखि कालिकोटको गगनेखोला हुँदै जुम्ला तथा मुगुको नाग्मा–गमगढी सडकसम्म पहिरो खसेपछि यात्रु र मालवाहक सवारीसाधनले सास्ती खेपिरहेका छन्।
कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको वराहताल गाउँपालिका–७ औलिंसेमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । वर्षा नरोकिएकाले थप पहिरो खस्ने जोखिम रहेको भन्दै प्रहरीले सडकको अवस्था नबुझी यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)