विचौलियाको अन्त्य गर्न बरेङमा हाटबजार
gorkhapatraonline.com · Tue Sep 08 06:44:25 GMT 2026

दक्षिण बागलुङको व्यापारिक केन्द्र हो– बरेङ बजार । त्यही बरेङबजार कृषि हाटबजार सञ्चालन गर्न पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाले ३९ लाख ५० हजार रुपियाँको लागतमा बरेङ बजारमा पूर्वाधार निर्माण गरेको हो ।
किसानको उत्पादनले मूल्य पाउने र उपभोक्ताले ताजा फलफूल तरकारी पाउने वातावरण बनाउन हाटबजार सञ्चालन ल्याउन लागिएको हो । ‘‘हाट बजारले कृषकलाई सिंधै उपभोक्तासँग जोड्ने छ भने विचौलियाको अन्त्य गर्दै कृषक उपभोक्ता दुबैलाई फाइदा हुनेछ’’ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)