प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रसँग भेट्दै बालेन
onlinekhabar.com · Tue Jul 07 17:16:27 GMT 2026

२३ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने भएका छन् । उनले बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग भेट्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
बुधबार प्रधानमन्त्रीसँग भेटघाट हुने जानकारी आफूले पनि पाएको नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)