तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ । अविरल वर्षाका कारण तीन दिनदेखि अवरुद्ध रहेको साँफे–मार्तडी सडकखण्ड सञ्चालनमा आएको छ। गत शनिबारदेखिको वर्षापछि विभिन्न स्थानमा पहिरो जाँदा पूर्ण रूपमा यातायात ठप्प भएको सो सडक हालै सञ्चालनमा आएको हो।
स्थानीय बडीमालिका नगरपालिका वडा नम्बर ६, ८ र ९ का विभिन्न स्थानमा पहिरो खसेको थियो। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले दिएको जानकारी अनुसार आइतबारदेखि सडक विभागका दुईवटा जेसिबी प्रयोग गरेर पहिरो पन्छाएपछि आजदेखि सडक सुचारु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)