त्रिशूली–३ ‘बी’ मा ठूला उपकरण पुगेपछि खोजी कार्य तीव्र
kendrabindu.com · Tue Sep 08 07:49:08 GMT 2026

काठमाडौं। भोटेकोशी–त्रिशूली बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा तीनवटा ठूला एस्काभेटर र एउटा ब्याकहो लोडर पुर्याइएको छ ।
भदौ १० गते आएको बाढीमा आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि अहिले १७८ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी सोमबारसम्म पनि जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)