धनकुटा कारागारमा टिम नेपोको पुस्तक हस्तान्तरण
gorkhapatraonline.com · Tue Sep 08 07:48:35 GMT 2026

युवाहरूको सामाजिक संस्था टिम नेपो धनकुटाले जिल्ला कारागार कार्यालय धनकुटामा पुस्तक परियोजनामार्फत कैदीहरूका लागि पुस्तक हस्तान्तरण गरेको छ । मंगलबार संस्थाले करिब एक सय ५० थान भन्दा बढी पुस्तक कारागारमा हस्तान्तरण गरेको हो ।
टिम नेपोले कारागार सुधार परियोजनाअन्तर्गत नेपालमा रहेका विभिन्न जिल्लाका कारागारहरूमा पुस्तकालय स्थापना गर्दै आएको र कैदीहरूको पुनःस्थापना, पठन संस्कृतिको प्रवर्द्धन साथै कारागारलाई सुधारगृहको रूपमा स्थापित गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)