एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा
rajdhanidaily.com · Tue Sep 08 07:51:30 GMT 2026

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा निर्माणाधीन एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा पुगेको छ।
स्थानियलाई सहज बनाउन बजारलाई आधुनिक, व्यवस्थित र आकर्षक सहरी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले सुरुआत गरिएको सो परियोजना अन्तिम चरणमा पुगेको हो। जितपुर बजारसमेत अहिले नयाँस्वरुप देखिन थालेको छ। यसो त सडक, नाला, पैदलमार्ग, मिनीमार्केट तथा बस्ती विकास समेटिएको यो परियोजनाले नगर केन्द्रको स्वरुप नै परिवर्तन गर्ने अपेक्षा समेत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)