तुलसीपुर उपमहानगरको कुल बजेटको ३० प्रतिशत ऋणमा
ratopati.com
घोराही उपमहानगरपालिकाले भन्दा तुलसीपुर उपमहानगरपालिकाले बढी बजेट ल्याएको छ । घोराहीले २ अर्ब २० करोड २८ लाख ७८ हजारको बजेट ल्याएको हो भने तुलसीपुरले ३ अर्ब ३९ करोड ९६ लाख १५ हजारको बजेट ल्याएको छ । घोराही उप महानगरपालिकाले आउँदो आर्थिक वर्ष ०७८–०७९ का लागि दुई अर्ब २० करोड २८ लाख ७८ हजार विनियोजन गरेको छ ।
उप महानगरपालिकाको नवौं नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले उक्त बजेट विनियोजन गरेकी हुन् । यसरी विनियोजन गरिएको बजेटमध्ये चालूतर्फ १ अर्ब १३ करोड दुई लाख ८३ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको ५१.३१ प्रतिशत रहेको छ । पुँजीगततर्फ १ अर्ब ७ करोड २५ लाख ९५ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको ४८.६९ प्रतिशत रहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)