मनास्लु पदमार्गको पुल बाढीले बगायो,फड्के बनाएर आवतजावत
annapurnapost.com · Tue Sep 08 07:54:38 GMT 2026

गोरखा : मनास्लु पदमार्गको पुल बाढीले बगाएपछि स्थानीयले फड्के बनाएर आवतजावत सुचारू गरेका छन् । चुमनुब्री गाउँपालिका -४ नाम्रुङस्थित थेराङ खोलामाथिको फलामे पुल बाढीले बगाएपछि फड्के हालेर आवतजावत गर्न थालेको वडाअध्यक्ष पेमा ग्याल्पो लामाले जानकारी दिए ।
अहिले बूढीगण्डकीले पुल बगाएपछि अवरुद्ध भएको सुक्सममाथि वैकल्पिक बाटो बनाइरहेको उनले बताए । ‘थेराङको फड्के बनाएपछि त्यहाँचाहिँ बाटो खुल्यो’,उनले भने,‘हिजोदेखि सुक्सममाथि वैकल्पिक बाटो बनाएर बाटो सुचारु गर्न रातदिन जुटिरहेका छौँ । अहिले सुराङमा पनि काठको मुढा तेस्र्याएर फड्के बनाउने काम भइरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)