प्रशान्त महासागरमा अमेरिकाले डुबायो इक्वेडरको पाँचौं डुंगा
ratopati.com · Tue Sep 08 08:11:06 GMT 2026

वाशिङटन डीसी । सेनाले लागुऔषध तस्करीमा संलग्न रहेको आशंका गरिएको इक्वेडरको अर्को एउटा डुंगालाई पनि अमेरिकाले प्रशान्त महासागरमा डुबाएको छ । अमेरिकी दक्षिणी कमान्डका अनुसार उक्त डुंगा समुद्रमा लागुऔषध तस्करीका लागि प्रयोग हुने तैरिरहेको इन्धन केन्द्रका रूपमा काम गरिरहेको थियो ।
यो डुंगा इक्वेडरको आपराधिक समूह लस चोनेरोससँग जोडिएको अमेरिकाको दाबी छ । डुंगामा रहेका मानिसहरूलाई बाहिर निकालेर इक्वेडरका अधिकारीहरूलाई जिम्मा लगाउने अमेरिकी सेनाले जनाएको छ । सार्वजनिक गरिएको भिडियोमा सैनिकहरूले डुंगामा प्रवेश गरेको, हेलिकप्टर उडेको र त्यसपछि प्रहार गरी डुंगा डुबाइएको देखाइएको छ । नाम सार्वजनिक नगरिएको यो डुंगा पछिल्लो दुई साताभन्दा कम समयमा अमेरिकी सेनाले निशाना बनाएको पाँचौँ डुंगा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)