हिमताल विस्फोट र रसुवा बाढीबाट सिक्नुपर्ने पाठ
tourismface.com · Tue Sep 08 08:13:41 GMT 2026

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप सजग हुनुपर्ने सन्देश दिएको छ । यस घटनाले हिमताल विस्फोट मात्रै नभई हिमपहिरो, पहिरो, चट्टान खस्ने, नदी थुनिने तथा अत्यधिक वर्षाजस्ता कारणबाट पनि हिमाली क्षेत्रमा एक्कासि ठूलो विपद् निम्त्याउन सक्ने देखाएको छ ।
सगरमाथाको जिल्ला सोलुखुम्बु पनि यस्ता जोखिमबाट अछुतो छैन । जिल्लाको खुम्बु क्षेत्रमा विगतमा हिमताल विस्फोट तथा त्यसबाट उत्पन्न बाढीका घटना भइसकेका छन् । सन् १९८५ मा डिग छो हिमताल विस्फोटबाट आएको बाढीले मानवीय तथा भौतिक क्षति पुर्याएको थियो भने सन् १९९८ मा ताम पोखरीमा पनि हिमताल विस्फोट भएको थियो । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अध्ययनले डिग छो र ताम पोखरीलाई दूधकोशी जलाधारमा विगतमा हिमताल विस्फोट भएका महत्वपूर्ण उदाहरणका रूपमा अभिलेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)